• गृहपृष्ठ
  • थप ५४५ जनामा कोरोना सङ्क्रमण, ७२६ जना डिस्चार्ज, आठ को मृत्यु

थप ५४५ जनामा कोरोना सङ्क्रमण, ७२६ जना डिस्चार्ज, आठ को मृत्यु

Oct 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ४ कात्तिक

बिहीबार थप ५४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा आठ हजार ५४९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख सात हजार ५२२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट आठ हजार ५४९ जनाको परीक्षण भएको छ । हालसम्म ४३ लाख ५० हजार २२६ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ७२६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ७२६ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ८४ हजार ८८१ पुगेको छ ।

थप आठ को मृत्यु

पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २३६ पुगेको छ।