• गृहपृष्ठ
  • एकै दिन १४ अंकले घट्यो नेप्से ,कमाउने भन्दा गुमाउने समुहहरु धेरै

एकै दिन १४ अंकले घट्यो नेप्से ,कमाउने भन्दा गुमाउने समुहहरु धेरै

Oct 21st, 2021

काठमाडौ, कात्र्तिक ४

नेप्से उच्च अंकले घटेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से १४ दसमलव सात अंकले घटेर २५ सय ५६ दसमलव ९५ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ६५ अंकले घटेर चार सय ८३ दसमलव ३९ अंकमा पुुगेको छ । दुुई सय १६ वटा कम्पनीहरुको ३६ हजार सात सय ६२ पटकको कारोवारमा ६१ लाख छ हजार चार सय ५२ कित्ता सेयर खरिद किनबेच भएको छ भने कुुल सेयर कारोवार रकम दुुई अर्ब ६३ करोड ५३ लाख ९० हजार चार सय ६० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा अन्य र सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेपनि बाँकी समुहरुको सुचक उच्च अंकले घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव पाँच अंकले घटेर १७ सय ९९ दसमलव ३५ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ४६ दसमलव पाँच अंकले घटेर २२ सय ८५ दसमलव ८२ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुुबित्त र लगानी समुहको सुचकहरु भने आज उच्च अंकेल घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मेरो माईक्रो फाईनान्स लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा जोशी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने सानिमा बैंक परेको छ ।