बायर्न म्युनिखको शानदार जित

Oct 21st, 2021

आधारभूमि संवाददात

काठमाडौं, ४ कार्तिक

यूईएफए च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले शानदार जित निकालेको छ ।बुधबार राति भएको खेलमा बायर्न म्युनिखले बेन्फिकालाई ४-० गोलले पराजित गरेको हो ।

बायर्नलाई जित दिलाउन लेरो सानेले दुई गोल गरे भने रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । बायर्नले एक गोल आत्मघाति उपहार पाएको थियो ।

खेलको ७० औं मिनेटमा लेरो सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए।

खेलको ८० औं मिनेटमा बेन्फिकाका एभर्टन सोअर्सले आत्मघाति गोल गरेपछि बायर्न २-० ले अघि बढ्यो ।

खेलको ८२ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा लेरो सानेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।

जितसँगै बायर्नले तीन खेलबाट नौ अंक जोडेको छ र समूह (ई) को शीर्ष स्थानमा छ । पराजित बेन्फिकाको तीन खेलबाट चार अंक छ र दोस्रो स्थानमा छ ।