युनाइटेडको पुनरागमन जित

Oct 21st, 2021

आधारभूमि संवाददात

काठमाडौं, ४ कार्तिक

च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ ।बुधबार राति भएको खेलमा युनाइटेडले एटलान्टालाई ३-२ गोलले पराजित गरेको हो ।

युनाइटेडलाई जित दिलाउन मार्कस राशफोर्ड,ह्यारी म्यागुइर र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे ।एटलान्टाका मारियो पासालिक र मेरि डेमिरलले एक-एक गोल गरे ।

खेलमा पहिलो अग्रता एटलान्टाले लिएको थियो । खेलको १५ औं मिनेटमा एटलान्टाका मारियो पासालिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

खेलको २८ औं मिनेटमा मेरि डेमिरलले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५३ औं मिनेटमा युनाइटेडका मार्कस राशफोर्डले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।७५ औं मिनेटमा ह्यारी
म्यागुइरले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

जितसँगै युनाइटेडले तीन खेलबाट छ अंक जोडेको छ र समूह (एफ) को शीर्ष स्थानमा उक्लिएको छ । पराजित एटलान्टाको तीन खेलबाट चार अंक छ र दोस्रो स्थानमा छ ।