• गृहपृष्ठ
  • तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमण

तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमण

Oct 20th, 2021

काबुल,३ कात्तिक /रासस/एएफपी

बुधवार अफगानिस्तानको राजधानी काबुलमा तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमणमा भएको छ । यसमा परी दुई लडाकू र चार जना विद्यालयका बालबालिका घाइते भएका छन् ।अपराधीहरुको खोज र अनुसन्धान सुरु गरिएको तालिबान आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सईद खोस्तीले एएफपीलाई बताउनु भएको छ ।

प्रारम्भिक समाचारमा चार जना विद्यालयमा विद्यार्थी घाइते भएका अर्का एक अधिकारीले जानकारी दिएका थिए । एक प्रत्यक्षदर्शीले एएफपीलाई भने, स्थानीय समयानुसार बुधबार बिहान ८ बजे काबुलको पश्चिम भागमा रहेको देह मझाङ जिल्लामा अत्यन्त व्यस्त समयमा सो विस्फोट भएको थियो ।