• गृहपृष्ठ
  • बुधवार थप ६६२ जनामा कोरोना सङ्क्रमण, ७५८ जना डिस्चार्ज, १३ को मृत्यु

बुधवार थप ६६२ जनामा कोरोना सङ्क्रमण, ७५८ जना डिस्चार्ज, १३ को मृत्यु

Oct 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ३ कात्तिक

बुधवार थप ६६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा आठ हजार ४२६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख सात हजार ५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट आठ हजार ४२६ जनाको परीक्षण भएको छ । हालसम्म ४३ लाख ४३ हजार ६४० जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ७५८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ७५८ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ८४ हजार १५५ पुगेको छ ।

थप १३ को मृत्यु

पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३१८ पुगेको छ।