खोपसँगै पर्यटनमा उत्साह

Oct 20th, 2021

काठमाडौँ, ३ कात्तिक /रासस

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको सय दिन पुगेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व सम्हाल्नुभएपछि यो अवधि आशाभरोसासहित उपलब्धिमूलक बनेको छ ।

पछिल्लो समयमा विकसित राजनीतिक सङ्कट तथा कोभिड–१९ को महामारीबाट मुलुक गुज्रिरहेका बेला बाध्यात्मक परिस्थितिमा प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व सम्हाल्नुभएको थियो । यो अवस्थामा कोभिड विरुद्धको खोपको उपलब्धतामा सरकार पूर्ण सफल भएको छ । दैनिक तीन लाखसम्मलाई खोप लगाउने वातावरण बनेको छ । भारत, चीन, जापान, अमेरिकालगायत मुलुकबाट खोप ल्याउने क्रम चलिरहेको छ ।

सरकारको सय दिनको अवधिमा मुलुकको पर्यटन क्षेत्रले सकारात्मक फड्को मारेको छ । दसैँको आगमनसँगै आन्तरिक पर्यटकको चहलपहलले पर्यटन क्षेत्रमा आशा जगाएको छ । त्यस्तै बाह्य पर्यटक आगमन सङ्ख्या पनि अघिल्लो महिनाको तुलनामा झण्डै दोब्बरले बढेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२१ को अगष्टमा पाँच हजार ९१७ विदेशी पर्यटक नेपाल आएकामा यो सङ्ख्या सेप्टेम्बरमा बढेर नौ हाजर ८९८ पुगेको छ ।

यस वर्षको सेप्टेम्बर महिनासम्मा ७६ हजार ८६४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका काम कारबाही प्रभावकारी रुपमा अघि बढेका छन् । पर्यटनमन्त्रीको आगमनसँगै मन्त्रालय मातहत रहेका कतिपय निकायको समस्या सुधारोन्मुख देखिएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० लाई सुदृढ र प्रभावकारी बनाउने योजना अनुरुप पर्यटनमन्त्री आलेले निगम सुधारका लागि प्रयास थाल्नुभएको छ । असोज २२ गते नियुक्त हुनुभएका पर्यटनमन्त्री आलेले निगमभित्र विगत १०४ दिनदेखि जारी कर्मचारी ड्रेड युनियनको आन्दोलन स्थगित गराएर समस्या समाधानका लागि पहलकदमी लिनुभएको छ । यसले सकारात्मक सन्देश गएको छ ।

निगमलाई निजीकरण गर्न लागिएको भन्दै कर्मचारीले लामोसमय आन्दोलन गर्दा संस्थाका सम्पूर्ण काम कारबाही प्रभावित भएको थियो । निगमका महाप्रबन्धक १०२ दिनदेखि कार्यालय पुग्न सक्नुभएको थिएन । अहिले सहज वातावरण सिर्जना भएको छ ।

निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालनका लागि काम भइरहेको छ भने पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको कामलाई पनि प्रभावकारी बनाइएको छ । हालै प्रधानमन्त्री देउवाले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरी काम प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिँदै सरकारले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यी दुबै विमानस्थल राष्ट्रिय गौरवको आयोजना हुन् ।

यस्तै पर्यटनमन्त्री आलेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरी सेवालाई सुदृढ र प्रभावकारी बनाउन विभागीय प्रमुखलाई निर्देशन दिनुभएको थियो । निगम र विमानस्थलभित्रका विकृतिलाई अन्त्य गरी उदाहरणीय काम गर्न उहाँले आग्रहसमेत गर्नुभएको थियो ।

सरकारको प्रयास तथा अन्तरराष्ट्रिय रुपमा पनि नेपालको पर्यटनका लागि सहज वातावरण बन्दै गएको छ । कोभिड–१९ महामारीका कारण नेपाललाई अन्तरराष्ट्रिय यात्रा प्रतिबन्ध ‘रेडलिष्ट’मा राखेको बेलायत सरकारले हालै उक्त प्रतिबन्ध फुकुवा गरेको छ ।

यही अक्टोबर ११ देखि लागू हुनेगरी बेलायत सरकारले नेपाललगायत ५४ मुलुकलाई रेड लिष्टको सूचीबाट हटाएको हो । नेपाल बेलायतका लागि पर्यटनको प्रमुख गन्तव्य मुलुक हो । पहिलो भारत, दोस्रो चीन, तेस्रो अमेरिका तथा चौथोमा कहिले श्रीलङ्का कहिले बेलायत पर्ने गरेको छ । आगामी नोभेम्बर पहिलो साता लन्डनमा हुने पर्यटन क्षेत्रको कुम्भमेला वल्र्ड ट्राभल मार्ट ९डब्लूटिएम० मा नेपाल पनि सहभागी हुन पाउने भएको छ । यसपटक नेपाल पर्यटन बोर्डसहित १० निजी कम्पनीले सहभागिता जनाउने बोर्डले जनाएको छ । दुई वर्षपछि पर्यटन गतिविधिमा नेपाल बेलायतमा सहभागी हुन लागेको हो । सन् २०२० मा महामारीका कारण नेपाल मेलामा सहभागी भएन ।

सरकारले विदेशी पर्यटकका लागि अनअराईभल भिसा दिने व्यवस्था मिलाएको छ । यसले पनि पर्यटन बजारमाा नयाँ उत्साह थपिएको छ । खोपको मात्रा पूरा गरेका पर्यटकलाई क्वारेन्टिन बस्न नपर्ने र गन्तव्य पुग्न सहजीकरण गरिनुले विदेशी पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।
नेपालको पर्यटन प्रवद्र्धन तथा अन्तरराष्ट्रिय गन्तव्यमा बजारीकरणका लागि नेपाल पर्यटन बोर्डले विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगसँग निरन्तर छलफल गरिरहेको छ । विभिन्न मुलुकमा सेल मिसन चलाउनेदेखि छिमेकीमूलुक भारत र चीनमा पर्यटन प्रवद्र्धनको योजनाका साथ अघि बढेको बोर्डले जनाएको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बोर्डले सात वटै प्रदेशमा योजनावद्ध कार्यक्रम अघि सारेको छ । सरकारले अघिल्लो बजेटमा घोषणा गरेको पर्यटन काज बिदाको मापदण्ड बनाउन पर्यटन मन्त्रालय लागिपरेको छ । यसले आन्तरिक पर्यटनलाई चलायमान बनाउनुका साथै महामारीले नराम्ररी थलिएको पर्यटनलाई लयमा फर्काउन मद्दत पुग्ने व्यवसायीको विश्वास छ ।

सांस्कृतिक सम्पदाको प्रवद्र्धन, पुरातात्विक सम्पदाको संरक्षणलगायतमा पनि सरकारले चासो दिएको छ । धार्मिक पर्यटन बढाउन विभिन्न योजनावद्ध कार्यक्रम बनाइएको छ । पशुपति, लुम्बिनी, मुक्तिनाथ, जनकपुरधानमलगायत तीर्थस्थलमा पर्यटकको बाक्लो उपस्थिति बढेको छ ।

कोभिड कहरको सामनासँगसँगै प्राकृतिक विपद्का घटनाको पनि डटेर सामना गर्नुप¥यो । पछिल्ला दिनमा बेमौसमी वर्षाले बाढीपहिरो र डुवानका घटना बढेका छन् । बेलैमा उद्धार र राहत वितरणमा पनि सरकारले प्रभावकारी कदम चालेको छ । उपलब्ध स्रोतसाधन र जनशक्तिको भरपुर प्रयोग गरेर जनताको हितका निम्ति काममा सरकार लागिपरेको छ ।

वर्तमान सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेर कोरोनाको रोकथाम, नियन्त्रण र उपचार गरेपछि अहिले कोरोना सङ्क्रमण न्यून हुँदै गएको छ । पछिल्लो तथ्याङ्कले कोरोना नियन्त्रण उन्मुख भएको पुष्टि गरेको छ । प्रतिनिधिसभामा विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री देउवाले नेपाली नागरिकलाई कोभिड—१९ को प्रकोपबाट जोगाउने सरकारको पहिलो प्राथमिकता हुने उदघोेष गर्नुभएको थियो ।

सरकारले चैतसम्म खोप दिइसक्ने प्रतिबद्धतासमेत जनाएको छ । जस अनुसार निर्धारण गरेको दुई करोड १७ लाख ५६ हजार ७६३ जनाले चैतसम्ममा खोप लगाइसक्ने तयारीमा सरकार छ । चीन सरकारसँग सम्झौता गरेको ६० लाख भेरोसेल खोपमध्ये ४४ लाख मात्रा खोप आइसकेको छ । चीनले मङ्गलबार मात्र थप २० लाख मात्रा खोप दिने घोषणा गरेको छ । सरकारले १८ वर्षमुनिका बालबालिकालाई खोप दिने सुनिश्चितता गरेको छ । ४० लाख मात्रा मोर्डना खोप आउने निश्चित भएको छ । सरकारको युद्धस्तरको तयारीका कारण बाँकी खोप चाँडो आउने चरणमा छ ।

नेपालमा खोपको पर्याप्तताले पर्यटन बजारलाई उत्साहित बनाएको । नेपाल पर्यटनका लागि सुरक्षित गन्तव्य रहेको विश्वबजारमा सन्देश पुग्ने भएकाले विदेशी पर्यटक बढ्ने विश्वास गरिएको छ । आन्तरिक पर्यटनका गतिविधि पनि बढेकाले नेपालको पर्यटन पूर्ववत अवस्थामा फर्कने सङ्केत देखिएको छ ।