• गृहपृष्ठ
  • सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

Oct 20th, 2021

काठमाडौ, कात्र्तिक ३

सिद्घार्थ बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७८ कार्तिक देखि अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ । यसका लागि ग्राहकहरुले बैंकको इजी बैंक प्लेटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहजरुपमा अनलाइनमार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्नेछन । ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिनसक्नेछन ।

पहिला यो सेवा बैंकको मोबाइल बैंकिङ्ग एप सिद्घार्थ बैंक स्मार्टबाट मात्र प्रदान गर्दे आएको थियो । अब ग्राहकहरुले घरबाटै इजी बैंक वा बैंक स्मार्ट प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणाली अझ सजिलो तथा प्रभावकारी बनाउने लक्ष्य लिएको छ र आगामी दिनहरुमा अरु पनि अनलाइन सुविधाहरु ल्याएर बैंकिङ्ग सेवालाई अझ ग्राहकमैत्री बनाउने उद्देश्य राखेको छ ।