• गृहपृष्ठ
  • एट्लेटिको लिभरपुलसँग घरेलु मैदानमा पराजित

एट्लेटिको लिभरपुलसँग घरेलु मैदानमा पराजित

Oct 20th, 2021

आधारभूमि संवाददात

काठमाडौं, ३ कार्तिक

यूईएफए च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले एट्लेटिको मड्रिडलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ ।मंगलबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको एट्लेटिकोलाई ३-२ गोलले पराजित गरेको हो ।

एट्लेटिकोको मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई गोल गरे भने नबी केइटाले एक-एक गोल गरे।एट्लेटिकोका एन्टोनी ग्रिजम्यानले दुई गोल गरे ।

खेलको आठौं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

खेलको १३ औं मिनेटमा नबी केइटाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

तर,खेलको २० औं मिनेटमा एट्लेटिकोका एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

खेलको ३४ औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।

दोस्रो हाफको ५२ औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।एट्लेटिकोका ग्रिजम्यानले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा लिभरपुलले उठायो ।

खेलको ७८ औं मिनेटमा सलाहले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

जितसँगै लिभरपुलले तीन खेलबाट नौ अंक जोडेको छ र समूह (बी) को शीर्ष स्थानमा छ । पराजित एट्लेटिकोको तीन खेलबाट चार अंक छ र दोस्रो स्थानमा छ ।