म्यानचेस्टर सिटीको फराकिलो जित

Oct 20th, 2021

आधारभूमि संवाददात

काठमाडौं, ३ कार्तिक

यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।मंगलबार राति भएको खेलमा सिटीले क्लब ब्रुजलाई ५-१ गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन रियाद महारेजले दुई गोल गरे भने जोआओ कान्सेलो,केली वाकर र कोल पार्मरले एक-एक गोल गरे ।क्लब ब्रुजका हान्स भ्याकेनले एक गोल फर्काएका थिए।

खेलको ३० औं मिनेटमा जोआओ कान्सेलोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

खेलको ४३ औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५३ औं मिनेटमा केली वाकरले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ६७ औं मिनेटमा कोल पार्मरले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।पाल्मरले च्याम्पियन्स लिगमा पहिलो गोल गरेका हुन ।

खेलको ८१ औं मिनेटमा ब्रुजका हान्स भ्याकेनले गोल गर्दै ४-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा रियाद महारेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-१ को फराकिलो जित दिलाए ।

जितसँगै सिटीले तीन खेलबाट छ अंक जोडेको छ र समूह (ए) को दोस्रो स्थानमा छ । पराजित ब्रुजको तीन खेलबाट चार अंक छ र तेस्रो स्थानमा छ ।