• गृहपृष्ठ
  • सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति बिजेता घोषणा

सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति बिजेता घोषणा

Oct 19th, 2021

काठमाडौ, कात्र्तिक २

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ’सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । सोही योजना अन्तर्गत ५ जनाले जनही एक लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जनाएको छ ।

कम्पनीले विद्युतिय प्रणालीबाट विजेता छनौट गर्दा जापानबाट रेमिटान्स पठाउने अन्जु घले , साउदीबाट यमलाल भुसाल , कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाइँ साथै अन्तिममा दुबईबाट रेमिटान्स पठाउने उमेश यादव गरी ५ जना लखपति बन्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीले दशैँ, तिहार र छठ लक्षित ६१ दिन सम्मचल्ने ’सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।

यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदान गरिने साथै हरेक महिना ५ जनालाई १–१ लाख गरी २ महिना सम्म १० जना लखपति बन्ने योजनामा रहेको छ । कम्पनीका अनुसार यो योजना कार्तिक ३० गते सम्म लागु हुनेछ ।