• गृहपृष्ठ
  • सिटिजन लाइफको चौथो वार्षिकोत्सव, सप्ताहव्यापी सामाजिक उत्तरदायित्व निर्वाह गर्दे मनाउने

सिटिजन लाइफको चौथो वार्षिकोत्सव, सप्ताहव्यापी सामाजिक उत्तरदायित्व निर्वाह गर्दे मनाउने

Oct 19th, 2021

काठमाडौ, कात्र्तिक २

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । सबैभन्दा विश्वासिलोे र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्ेश्यका साथ अघि बढ्दै सफलताको चौथोवर्ष पुरा भएको सुखद अवसरमा, सम्पूर्ण ग्राहक वर्ग, व्यवसायिक सिटिजन लिडरहरु, नियमनकारी निकायहरु, शेयरधनीहरु, सञ्चालक समिति, सद्भावना दुतद्वय, सञ्चारकर्र्मी, व्यावसायिक साझेदारहरु, कर्मचारीहरु लगायत सबै शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता जाहेर गर्दे आगामी दिनहरुमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्र्रममा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई निशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्र्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएकोमा यस वर्ष पनि सप्ताहव्यापी कार्यक्रममार्फत सो गतिविधीहरुलाई निरन्तरता दिइने जनाएको छ ।

सञ्चालक समितिका सदस्यहरु, कर्मचारी तथा सिटिजन लिडरहरुको समुपस्थितीमा आयोजित कार्यक्रममा सञ्चालक समितीका अध्यक्ष प्रदिपजङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग पु¥याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दे कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु; ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्र्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दैथपउत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए ।

साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्नुका साथै दिपावली, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीहरुको सुस्वास्थ्य, दिर्र्घायु एवम उत्तरोतर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरे ।