• गृहपृष्ठ
  • थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण, १००४ जना डिस्चार्ज, १२ को मृत्यु

थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण, १००४ जना डिस्चार्ज, १२ को मृत्यु

Oct 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २ कात्तिक

मंगलबार थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा नौ हजार ९१६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख छ हजार ५१७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट नौ हजार ९१६ जनाको परीक्षण भएको छ । हालसम्म ४३ लाख ३६ हजार ६१८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १००४ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १००४ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ८३ हजार ३९७ पुगेको छ ।

थप १२ को मृत्यु

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३०५ पुगेको छ।