• गृहपृष्ठ
  • मोहन वैद्यलाई भेट्न नर्भिक पुगे उपराष्ट्रपति र गृहमन्त्री

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे उपराष्ट्रपति र गृहमन्त्री

Oct 19th, 2021

काठमाडौं , २ कात्तिक

उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री बालकृष्ण खाँड थापाथलीस्थित नर्भिक अस्पताल आइपुग्नुभएको छ ।दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण)लाई भेट्न उपराष्ट्रपति पुन बिहान ८ः३० बजे नर्भिक अस्पताल आइपुग्नुभएको हो ।

उहाँले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुभएको थियो । नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए ।सो क्रममा उहाँले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको थियो ।

उहाँ नर्भिक अस्पतालमा करिब १० मिनेट बस्नुभएको थियो ।उपराष्ट्रपति निस्किएपछि संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँड समेत नेता वैद्यलाई भेट्न नर्भिक पुग्नुभएको थियो । सो क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश समेत वैद्यलाई सुनाउनुभएको थियो । आफू र प्रधानमन्त्रीले समेत वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको र उहाँको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई आग्रह गर्नुभएको थियो ।

आइतबार बिहान नर्भिक भर्ना हुनुभएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।