• गृहपृष्ठ
  • हिमालय बैंक संंस्थागत निक्षेपकर्ता तान्ने होडमा, एन आई सी एशियाको ध्यान ब्यक्तिगत ग्राहकमा

हिमालय बैंक संंस्थागत निक्षेपकर्ता तान्ने होडमा, एन आई सी एशियाको ध्यान ब्यक्तिगत ग्राहकमा

Oct 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,कात्तिक २

हिमालय बैंकले संस्थागत निक्षेपकर्तालाई १ वर्षभन्दा माथिकोमा २७ बैंकहरुमध्ये सबैभन्दा बढि ब्याज अर्थात ११ दशमलव छ सात प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

निक्षेपमा बढेको ब्याजले आगामी दिनमा कर्जाको ब्याज पनि बढाउने देखिन्छ । ब्यक्तिगत मुद्दति निक्षेपमा भने एन आई सी एशियाले ११ दशमलव १० प्रतिशत ब्याज दिने बताएको छ । जुन असोज महिनाको तुलनामा साढे २ प्रतिशत बढि हो । तर संस्थागत निक्षेपमा भने हिमालय बैंकले ३ दशमलव छ सात प्रतिशत बढेको छ ।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष जस्ता सरकार नियन्त्रीत संस्था एक बैंकबाट अर्काे बैंक तान्ने बैंकहरुबिचको होडले ब्याजदर उकालो लाग्न लागेको छ ।

बाणिज्य बैंकहरुले ब्याजदरमा होडबाजी गरेपछि बिकास बैंकहरुको समेत ब्याजदर उकालो लागेको छ । यहि दरमा बैंकहरुबिच ब्याजदरमा प्रतिस्पर्धा भए उत्पादन लागत बढ्ने र सरकारले लक्ष्य राखेअनुसार आर्थिक बृद्धि हुन कठिन हुने बैंकरहरु बताउँछन् ।

लगानीयोग्य रकमको अभाव चुलिन थालेपछि सोमबार देखि १८ वटा बैंक तथा वित्त संस्थाले निक्षेपको ब्याज बढाएका छन् । १० वटा बाणिज्य बैंकले भने आइतबार बैंकर्स एसोसिएसन्मा भएको सहमति लत्याउदै ब्याजदर १० प्रतिशत भन्दा बढि कायम गरेका छन् ।

बैंकका सिइओहरुको छाता सँगठन बैंकर्स एसोसिएसन्मा आइतबार बिहान बसेको बैठकले ब्याजदरलाई १० प्रतिशतको सिमामा राख्ने सहमति गर्याे । तर, सोमबार बिहानबाट लागू भएको ब्याजदरमा भने १० वटा बाणिज्य बैंकले १० प्रतिशत भन्दा माथि ब्याजदर दिने घोषणा गरे । लगानीयोग्य रकमको अभाव चुलिन थालेपछि बैंकहरुले ब्याजदर बढाएर एक अर्का बैंकको निक्षेप खोस्न थालेका हुन् ।

बैंकहरुले निक्षेपमा गरेको खर्च उठाउन ग्राहकसँग नै थोपर्ने हो । कर्जाको ब्याजदर बढ्न नदिन अब सरकारले बिकास खर्च बढाउनु जरुरी छ । तर यति मात्रै ब्याजदर नियन्त्रणमा राख्न पर्याप्त नभएकाले बैंकहरुबिच ब्याजदरमा फेरी भद्र सहमति र त्यसको प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ ।