• गृहपृष्ठ
  • सोमबार थप ५९१ जनामा कोरोना सङ्क्रमण, ९३७ जना डिस्चार्ज, नौ को मृत्यु

सोमबार थप ५९१ जनामा कोरोना सङ्क्रमण, ९३७ जना डिस्चार्ज, नौ को मृत्यु

Oct 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १ कात्तिक

सोमबार थप ५९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा नौ हजार ६९७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख पाँच हजार ५६० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट नौ हजार ६९७ जनाको परीक्षण भएको छ । हालसम्म ४३ लाख २८ हजार ४७८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ९३७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ९३७ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ८२ हजार ३९३ पुगेको छ ।

थप नौ को मृत्यु

पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २९३ पुगेको छ।