• गृहपृष्ठ
  • नेप्सेमा उच्च अंकले गिरावट ,ट्रेडिङ बाहेक सबै समुहले गुमाए

नेप्सेमा उच्च अंकले गिरावट ,ट्रेडिङ बाहेक सबै समुहले गुमाए

Oct 18th, 2021

काठमाडौ, कात्र्तिक १

नेप्से उच्च अंकले घटेको छ । नेप्से आज ६९ दसमलव ५१ अंकले घटेर २५ सय ८७ दसमलव ४५ अंकमा पुग्दा सेन्सिटिभ पनि १२ दसमलव ४३ अंकले घटेर चार सय ८४ दसमलव ९३ अंकमा पुुगेको छ । दुई सय १८ वटा कम्पनीहरुको ४० हजार चार सय एक पटकको कारोवारमा ८७ लाख ७६ हजार तीन सय ३७ कित्ता सेयर किनबेच भएको छ भने कारोवार रकम दुई अर्ब ९६ करोड ६८ लाख ९९ हजार सात सय ९१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा ट्रेडिङ समुहको बढेर बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३८ दसमलव १३ अंकले घटेर १८ सय २४ दसमलव छ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि चार सय २७ दसमलव सात अंकले घटेर ११ हजार पाँच सय ७२ दसमलव ८९ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय ५८ दसमलव एक अंकले घटेर १४ हजार छ सय ८५ दसमलव ९६ अंकमा झर्दा बिकास बैंक, होटल तथा पर्यटन, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया डेभलपमेन्ट फण्ड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैक परेको छ ।