• गृहपृष्ठ
  • गायक गणेश रावलको ‘बनै गुराँस फुल्नाले’ सार्वजनिक(हेर्नुस् भिडियाे)

गायक गणेश रावलको ‘बनै गुराँस फुल्नाले’ सार्वजनिक(हेर्नुस् भिडियाे)

Oct 18th, 2021

काठमाडौ, कात्र्तिक १

नेपाली मौलिक लोक गीत संगीतको बजार क्रमिक रुपमा बढ्दो मात्रामा रहेको छ । गायक गणेश रावल र गायिका भावना शाहीको स्वरमा रहेको ‘बनै गुराँस फुल्नाले’ गीतको भिडियो सलिना म्युजिक मार्फत सार्वजनिक भएको छ ।

प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई माया गर्नको लागी गायक निकै आतुर रहेका छन । गणेश रावल र भावना शाहीको शब्द सिर्जना तथा लय सिर्जना गीतमा रहेको छ । प्रेमील युगल जोडिविचको भावनात्मक प्रेमलाई गीतमा देखाउन खोजिएको छ ।
दुर्गा पौडेलको छायाँकन, नविन धर्ति मगरको सम्पादन तथा दिपक मान सिंहको निर्देशन भिडियोमा छ । शंकर विसी र करिष्मा ढकालले गीतमा अभिनय तथा नृत्य गरेका छन ।