• गृहपृष्ठ
  • दोब्बरले महंगीएको कोइलाको असर नेपालको सिमेन्ट उद्योगमा

दोब्बरले महंगीएको कोइलाको असर नेपालको सिमेन्ट उद्योगमा

Oct 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, कात्तिक १

बिश्वब्यापी रुपमा महंगीएको कोइलाको असर नेपालमा समेत परेको छ । ६ महिनाको अन्तरालतमा दोब्बर महंगो भएको कोइलाले नेपालको सिमेन्ट, डन्डी र इट्टटा उद्योगमा उत्पादन लागत करिब २० प्रतिशतले बढाइदिएको छ ।

बिशेषगरि सिमेन्ट, डन्डी र इट्टा उद्योगले अहिले दक्षिण अफ्रिका, अष्ट्रेलिया र इन्डोनेसियाबाट कोइला आयात गर्ने गरेका छन् । छिमेकी मुलुक भारत र चिनमा त कोइला अभावको कारण उर्जा संकट परिसकेको छ ।

यसअघि नै आयात गरिएका कोइलाका कारण उत्पादन भइरहेकाले तत्कालका लागि भने नेपालमा सिमेन्ट डन्डी र इट्टाको मूल्य बढेको छैन । उद्योगीहरुमा अहिले चर्काे मूल्य तिर्नुपर्ने बाध्यता त छदैछ माग अनुसार कोइला नै नपाइने हो कि भन्ने भय उद्योगीहरु पर्न थालेको छ ।

अध्यक्ष,नेपाल सिमेन्ट उत्पादक संघ६ महिना अघि प्रतिकेजी १४ रुपैयाँ हाराहारीमा आयात हुने गरेको कोइला अहिले प्रतिकेजी करिब ३० रुपैयाँ पुगेको छ । नेपालमा गत वर्ष मात्रै करिब २७ अर्ब बराबरको कोइला आयात भएको थियो । आन्तरिक रुपमा नगन्य मात्रामा मात्रै कोइला उत्पादन हुने भएकाले कोइलामा भएको मूल्यबृद्धिले यो वर्ष कोइला खरिदका लागि बाहिरिने रकम बढ्ने देखिन्छ ।

तत्कालका लागि इट्टा तथा सिमेन्टको मूल्य नबढेपनि यहि रुपमा दिर्घकालसम्म कोइलाको भाउ बढ्यो भने चाहि नेपालको बजारमा पनि प्रभाव पर्ने देखिन्छ ।