• गृहपृष्ठ
  • स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित

Oct 18th, 2021

आधारभूमि संवाददात

काठमाडौं, १ कार्तिक

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । घरेलु मैदान क्याम्प नोउमा आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन अन्शु फाटी,मेम्फिस डिपे र फिलिप कौटिन्होले एक-एक गोल गरे।भ्यालेन्सियाका जोस गयाले एक गोल गरे।

खेलमा पहिलो अग्रता भ्यालेन्सियाले लिएको थियो । खेलको पाँचौं मिनेटमा भ्यालेन्सियाका जोस गयाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, खेलको १३ औं मिनेटमा बार्सिलोनाका अन्शु फाटीले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

खेलको ४१ औं मिनेटमा बार्सिलोनाका मेम्फिस डिपेले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

त्यसपछि दोस्रो हाफको ८५ औं मिनेटमा फिलिप कौटिन्होले गोल गर्दै टोलीलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै बार्सिलोनाले आठ खेलबाट १५ अंक जोडेको छ र तालिकाको सातौं स्थानमा छ। पराजित भ्यालेन्सियाको नौ खेलबाट १२ अंक छ र नवौं स्थानमा छ ।