• गृहपृष्ठ
  • जर्मन बुन्डेसलिगा फुटबलमा बायर्नको फराकिलो जित

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्नको फराकिलो जित

Oct 18th, 2021

आधारभूमि संवाददात

काठमाडौं, १ कार्तिक

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बायर्न म्युनिखले लिभरकुसेनलाई ५–१ गोलले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले दुई-दुई गोल गरे भने थोमस मुलरले एक गोल गरे। लिभरकुसेनका प्याट्रिक सिकले एक गोल गरे।

खेलको तेस्रो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३० औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

खेलको ३४ औं मिनेटमा थोमस मुलरले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ३५ औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।३७ औं मिनेटमा सर्ज जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-० ले अघि बढाए

खेलको ५५ औं मिनेटमा लिभरकुसेनका प्याट्रिक सिकले एक गोल फर्काएका थिए ।

जितसँगै बायर्नले आठ खेलबाट १९ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित लिभरकुसेनको आठ खेलबाट १६ अंक छ र तालिकाको तेस्रो स्थानमा छ ।