• गृहपृष्ठ
  • भगवती न्यौपानेको शब्दमा एलिना चौहानको ‘माइला माइली’ सार्वजनिक(भिडियो)

भगवती न्यौपानेको शब्दमा एलिना चौहानको ‘माइला माइली’ सार्वजनिक(भिडियो)

Oct 17th, 2021

काठमाडौं, असोज ३१

अमेरिकामा रहेर पनी नेपाली सुगम संगीतमा कलम चलाइरहेकी भगवती न्यौपानेको शब्दमा रहेको ‘माइला माइली’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा किरण भुजेल र एलिना चौहानको स्वर रहेको छ ।

प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको कारणले आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गीतकी रचनाकार भगवती न्यौपानेले बताइन । पुष्कर सुनुवारको संगीत तथा एरेन्ज गीतमा रहेको छ । मिलन शंकरको छायाँकन, दिनसन शाहको सम्पादन तथा गणेश शाहीको निर्देशन भिडियोमा रहेको छ । ‘माइला माइली’ गीतको भिडियोमा रोहन नेपाली र विना राउतको फिचरिङ देख्न सकिन्छ ।