युनाईटेड लेस्टर सिटीसँग पराजित

Oct 17th, 2021

आधारभूमि संवाददात

काठमाडौं, ३१ असोज

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ ।शनिबार राति भएको खेलमा लेस्टर सिटीले युनाईटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

लेस्टर सिटीलाई जित दिलाउन युरी टिएलेमन्स,कग्लर सोयुन्कु,जेमी वर्डी र प्याटसन डाकाले एक-एक गोल गरे । युनाईटेडका मेसन ग्रीनवुड र मार्कस राशफोर्डले एक-एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता युनाईटेडले लिएको थियो । खेलको १९ औं मिनेटमा मेसन ग्रीनवुडले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए।

खेलको ३१ औं मिनेटमा लेस्टरका युरी टिएलेमन्सले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

दोस्रो हाफको ७८ औं मिनेटमा लेस्टरका कग्लर सोयुन्कुले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

खेलको ८२ औं मिनेटमा युनाईटेडका मार्कस राशफोर्डले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।

तर, लगत्तै ८३ औं मिनेटमा लेस्टरका जेमी वर्डीले गोल गर्दै टोलीलाई ३-२ ले अघि बढाए।

त्यसपछि इन्जुरि समयमा प्याटसन डाकाले गोल गर्दै टोलीलाई ४-२ को जित दिलाए ।

जितसँगै लेस्टर सिटीले आठ खेलबाट ११ अंक जोडेको छ र तालिकाको ११ औं स्थानमा छ ।पराजित युनाईटेडको आठ खेलबाट १४ अंक छ र तालिकाको पाँचौं स्थानमा छ ।