• गृहपृष्ठ
  • चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

Oct 17th, 2021

आधारभूमि संवाददात

काठमाडौँ, ३१ असोज

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १-० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन बेन चिलवेलले विजयी गोल गरे ।चिलवेलले खेलको ४५ औँ मिनेटमा गोल गरेका हुन् ।

जितसँगै चेल्सीले आठ खेलबाट १९ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।पराजित ब्रेन्टफोर्डको आठ खेलबाट १२ अंक छ र तालिकाको सातौं स्थानमा छ ।