माटुर र रोजीले स्टाईल आइकन नेपाल २०२१

Oct 17th, 2021

काठमाडौ, असोज ३१

उदयमान मोडलहरुको प्रतियोगिता स्टाईल आईकन नेपाल २०२१ को फाईनलमा युवा तर्फ सर्वोत्कृष्ट हुँदै स्टाईल आईकन नेपाल २०२१ को उपाधि माटुर रेहमानले जितेका छन् । यस्तै युवती तर्फ सर्वोत्कृष्ट हुँदै स्टाईल आईकन नेपाल २०२१ को उपाधि रोजी लामिछानेले जितेकी छिन् । वर्षको उत्कृष्ट स्टाईल आईकन मोडलको उपाधि सहित जनही २५ हजार रुपैयाँ र विभिन्न उपहार पनि प्राप्त गरेका छन् । मस्ट ट्यालेन्टको उपाधि पनि रोजी लामिछानेले नै हाँसिल गरिन् ।

काठमाडौंमा मोडलहरुको प्रतियोगिता ‘स्टाईल आईकन नेपाल २०२१’ सम्पन्न भएको हो । यो प्रतियोगिताको आयोजना इभेन्ट बेटर ग्यालेक्सीले गरेको हो । फुलपातिको अघिल्लो अवेर साँझ काठमाडौंको जमल स्थित नाचघरको मेघा हलमा सम्पन्न सो प्रतियोगितामा ९ युवा मोडल र १९ जना युवती मोडल सहभागी थिए । सो प्रतियोगितामा फस्ट रनरअपको उपाधि युवा मोडल तर्फ सुजन थापा र युवती मोडल तर्फ सृजा खरेलले जिते ।

सेकेन्ड रनरअपको उपाधि युवा मोडल तर्फ सन्तोष आचार्य र युवती मोडल तर्फ निर्मला धितालले हाँसिल गरे । यस्तै यही प्रतियोगितामा थर्ड रनरअपको उपाधि युवा तर्फ आदर्श मगराती र युवती मोडल तर्फ नेहा यादबले प्राप्त गरे । मस्ट स्टाईलिसको उपाधि युवा तर्फ सम्यक महर्ज र युवती तर्फ चन्दु शाहीले प्राप्त गरे । स्वस्तिका राजभण्डारीको कोरियोग्राफ्रीमा सम्पन्न सो प्रतियोगिताका डान्स कोरियोग्राफरमा लिजा श्रेष्ठ थिए । सो प्रतियोगिताको फाईनल कार्यक्रमलाई कोरियोग्राफर रोजिन शाक्य र सोफिया महर्जन कार्कीले सञ्चालन गरेका थिए ।

नेपाली मोडलिङ क्षेत्रमा तीन दशक भन्दा लामो समयदेखि योगदान दिँदै आएको भन्दै अभिनेता तथा अग्रज मोडल कोरियोग्राफर प्रशान्त ताम्राकारलाई इभेन्ट बेटर ग्यालेक्सीका तर्फबाट कार्यक्रममा सम्मानित गरियो ।प्रतियोगिताको निर्णायकमा अभिनेताहरु प्रमोद अग्रहरी, गजित बिष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, ब्युटिसियन रुस्का श्रेष्ठ, महेश केसी, बिक्रम श्रेष्ठ, दीपक घिमिरे, मिरा कक्षपति र विशाल गुरुङ थिए ।
उदयमान मोडलहरुलाई मोडलिङ सम्बन्धि विभिन्न प्रशिक्षण दिँदै उचित प्लेटफर्म मार्फत उनीहरुलाई ब्यबसायिक मोडलको रुपमा मञ्चमा तार्दै अघि बढ्न प्रेरित गर्नका लागि यो प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका आयोजक धिरज तन्डुकारले बताए । फाईनल प्रतियोगिताको मुख्य अतिथिमा रामकृष्ण चित्रकार, अतिथिहरुमा मिलन सिजापति, प्रशान्त ताम्राकार थिए ।