• गृहपृष्ठ
  • फ्रेन्च लिग वान फुटबलमा पीएसजीको पुनरागमन जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको पुनरागमन जित

Oct 16th, 2021

आधारभूमि संवाददात

काठमाडौँ, ३० असोज

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुनरागमन जित निकालेको छ ।शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २-१ गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन डेनिलो परेरा र केलियन एमबाप्पेले एक-एक गोल गरे ।एन्जर्सका एन्जेलो फुलगिनीले एक गोल गरे ।

खेलमा पहिलो अग्रता एन्जर्सले लिएको थियो । खेलको ३६ औं मिनेटमा एन्जर्सका एन्जेलो फुलगिनीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ६९ औं मिनेटमा पीएसजीका डेनिलो परेराले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसंगै पीएसजीले १० खेलबाट २७ अंक जोडेको छ र शीर्ष स्थानमा छ । एन्जर्सको नौ खेलबाट १० खेलबाट १६ अंक जोडेको छ र तालिकाको चौथो स्थानमा छ ।