• गृहपृष्ठ
  • बुधवार थप ३६५ जनामा कोरोना सङ्क्रमण, ६०९ जना डिस्चार्ज, चार को मृत्यु

बुधवार थप ३६५ जनामा कोरोना सङ्क्रमण, ६०९ जना डिस्चार्ज, चार को मृत्यु

Oct 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, असोज २७

बुधवार थप ३६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा पाँच हजार ५९४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख तीन हजार ८७८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट पाँच हजार ५९४ जनाको परीक्षण भएको छ । हालसम्म ४३ लाख ६ हजार ९०२ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ६०९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ६०९ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ७८ हजार ३५० पुगेको छ ।

थप चार को मृत्यु

पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २६१ पुगेको छ।