• गृहपृष्ठ
  • हंगेरीसँग बराबरीमा रोकियो इंग्ल्यान्ड

हंगेरीसँग बराबरीमा रोकियो इंग्ल्यान्ड

Oct 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज २७

फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्ड र हंगेरी बराबरीमा रोकिएका छन् ।मंगलबार राति वेम्बली स्टेडियममा
भएको खेलमा इंग्ल्यान्ड र हंगेरीले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा इंग्ल्यान्डको लागि जोन स्टोनले एक गोल गरे भने हंगेरीको लागि रोल्याण्ड सलाईले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता हंगेरीले लिएको थियो । खेलको २४ औं मिनेटमा हंगेरीका रोल्याण्ड सलाईले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ३७ औं मिनेटमा इंग्ल्यान्डका जोन स्टोनले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै इंग्ल्यान्डको आठ खेलबाट २९ अंक छ र समूह (आई) को शीर्ष स्थानमा छ।हंगेरीको आठ खेलबाट ११ अंक छ र चौथो स्थानमा छ ।