• गृहपृष्ठ
  • पोर्चुगलको फराकिलो जित,रोनाल्डोको ह्याट्रिक

पोर्चुगलको फराकिलो जित,रोनाल्डोको ह्याट्रिक

Oct 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज २७
फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा पोर्चुगलले फराकिलो जित निकालेको छ ।मंगलबार राति भएको खेलमा पोर्चुगलले लक्जमबर्गलाई ५-० गोलले पराजित गरेको हो ।

पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे भने ब्रुनो फर्नांडीस र जोआओ पल्हिन्हाले एक-एक गोल गरे।

खेलको आठौं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको १३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

खेलको १७ औं मिनेटमा ब्रुनो फर्नांडीसले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

दोस्रो हाफको ६९ औं मिनेटमा जोआओ पल्हिन्हाले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।

त्यसपछि खेलको ८७ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे र टोलीलाई ५-० ले अघि बढाए।

जितसँगै पोर्चुगलले छ खेलबाट १६ अंक जोडेको छ र समूह (ए) को दोस्रो स्थानमा छ । पराजित लक्जमबर्गको छ खेलबाट छ अंक छ र तेस्रो स्थानमा छ।शीर्ष स्थानको सर्बियाको सात
खेलबाट १७ अंक छ।