• गृहपृष्ठ
  • टिकाथली खानेपानीले पार्यो सडक झिलिमिलि

टिकाथली खानेपानीले पार्यो सडक झिलिमिलि

Oct 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २६ असोज

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ५ मा रहेको टिकाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सहयोगमा वडा नं. ५ नं. वडा भवन वरिपरि ११० वटा सडक बत्तीको महालक्ष्मी नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष राजकुमार शिल्वालले स्वीच अन गरी सडक बत्तीको उद्घाटन गर्दै वडा नंं. ५.को वडा भवन बरिपरि झिलिमिली भएकोमा खुशी व्यक्त गर्दै यस वडामा जो जुन पार्टीको भएपनि विकास सामुहिक गनुपर्ने बताए ।

उद्घाटन कार्यक्रममा पुर्व प्रधानपञ्च बलराम शिल्वाल र समाज सेवी रामबहादुर बुढाथोकी, खानेपानीलाई साढे दुई आना जग्गा दान गरी सहयोग गर्ने मस्लीम कोवाडी रायन, खानेपानी सरसफाईका सल्लाहकार तथा बोक्सिङ प्रशिक्षक प्रकाश थापा मगर, लयगातको उपस्थिति भएको थियो । सडक बत्ती बाल्न टिकाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शरद रानामगरले खानेपानी, बत्ती मात्र होइन सडक सफा राख्न सडक दाँया बाँया डस्बीनका बकेट पनि राख्न पहल गर्ने र सडक सरसफाई गराउन सबैले आ-आफ्नो क्षेत्रबाट सानो सानो सहयोग गर्नुपर्ने हुदा यस्ता अभियानमा सबैले ध्यान दिन अनुरोध गर्दै आउँदाे २०७८ कोे विजया दशमी, शुभ दिपावली, छठ र न्हुदय भिन्तुनाको सबैमा शुभकामना व्यक्त गरेका थिए ।