• गृहपृष्ठ
  • १३ अर्बको नयाँ नोट सटही, बैंकले मात्रै साटे ८ अर्ब

१३ अर्बको नयाँ नोट सटही, बैंकले मात्रै साटे ८ अर्ब

Oct 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,असोज २६

दशैका लािग नेपाल राष्ट्र बैकले १३ अर्ब बराबरको नयाँ नोट साटेको छ । बिगतका वर्षहरुमा करिब १० अर्ब बराबरको नोट साट्ने गरेकामा यसपालि १३ अर्ब सटही गरेको छ ।

दशैमा टिका लगाउँदा प्रयोग गर्नेगरि यस्तो नोट प्रतिब्यक्ति १८ हजार ५ सय सम्म सटही गर्ने सुविधा दिएको थियो । राष्ट्र बैंकसँगै उपत्यकामा २७ वटा बाणिज्य बैंकका १० वटा साखाहरुबाट नोट सटहिको सुविधा दिएको थियो ।

नयाँ सटहीका लागि भनेर बैंक तथा वित्त संस्थाहरुले ८ अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकसँग सटही गरेर लगेको राष्ट्र बैंंकले जनाएको छ ।

अन्य बैंकबाट पनि नयाँ नोट सटहि गर्न सक्ने व्यवस्था गरिएकाले बिगतका वर्षहरुमा जस्तो राष्ट्र बैंकमा नयाँ नोट साट्नेको घुइचो भने यसपालि देखिएन । गत वर्ष त महामारीका कारण राष्ट्र बैंकले नोट सटहि नै गरेको थिएन ।

दशैमा टिका लगाउँदा नयाँ नोट प्रयोग गर्ने प्रचलन छ । तर टिका लगाउने क्रममा नोटमा रङ र पानी लाग्दा नोट झुत्रो बन्छन् । नोेट झुत्रो भएपछि नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकले वर्षमा ४० करोड बराबरको खर्चनु पर्छ । त्यसैले यस्तो खर्च कम गर्नका लागि नोटको प्रयोग गर्नेतर्फ आमजनता पनि सचेत हुन जरुरी छ ।

दशैका समयमा नयाँ नोट, नयाँ कपडा र खाद्यान्न खरिदका साथै भैपरि आउने खर्चका लागि भनेर सर्वसाधारणले बैंकबाट पैसा निकालेर राख्ने गर्छन् । जसका कारण दशैका समयमा बैंक तथा वित्त संस्थाबाट ठूलो रकम आमसर्वसाधारणको खल्तीमा पुग्ने गरेको छ ।