नेदरल्यान्ड्सको फराकिलो जित

Oct 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज २६

फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा नेदरल्यान्ड्सले फराकिलो जित निकालेको छ ।सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ६-० गोलले पराजित गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपेले दुई गोल ,विर्गिल वन दिज्क,डेन्जेल डम्फ्राइज,अर्नौत दन्जुमा ​र डोनेल मालेनले एक-एक गोल गरे ।

खेलको नवौं मिनेटमा विर्गिल वन दिज्कले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २१ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्जुरि समयको तेस्रो मिनेटमा डिपेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

दोस्रो हाफको ४८ औं मिनेटमा डेन्जेल डम्फ्राइजले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।७५ औं मिनेटमा अर्नौत दन्जुमाले गोल गर्दै टोलीलाई ५-० ले अघि बढाए।

त्यसपछि खेलको ८६ औं मिनेटमा डोनेल मालेनले गोल गर्दै टोलीलाई ६-० को फराकिलो जित दिलाए ।

जितसँगै नेदरल्यान्ड्सले आठ खेलबाट १९ अंक जोडेको छ र समूह (जी) को शीर्ष स्थानमा छ । पराजित जिब्राल्टर अंक विहीन पुछारमा छ ।