• गृहपृष्ठ
  • एकै दिन २३ अंकले घट्यो नेप्से,कमाउने भन्दा गुमाउने समुह धेरै

एकै दिन २३ अंकले घट्यो नेप्से,कमाउने भन्दा गुमाउने समुह धेरै

Oct 11th, 2021

काठमाडौ, असोज २५

नेप्से उच्च अंकले घटेको छ । अघिल्लो १८ दसमलव ६३ अंकले घटेको नेप्से आज सोमबार पुुन २३ दसमलव १९ अंकले घटेर २६ सय ३९ दसमलव ३७ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ५६ अंकले घटेर चार सय ९४ दसमलव २२ अंकमा झरेको छ । दुुई सय १९ वटा कम्पनीहरुको ४४ हजारा चार सय ६२ पटकको कारोवारमा ९३ लाख १४ हजार सात सय ८० कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम तीन अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक बढेर बाँकी ११ वटा समुहको सुुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दसमलव २५ अंकले घटेर १८ सय ५५ दसमलव ९५ अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि ३२ दसमलव ९३ अंकले घटेर २७ सय २८ दसमलव ९२ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लघुुबित्त समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा ग्लोवल आईएमई समुन्नत योजना एक परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा महालक्ष्मी बिकास बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।