विश्वकप छनोट : अर्जेन्टिनाको सहज जित

Oct 11th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, असोज २५
फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ ।सोमबार भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३-० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लिओनेल मेस्सी,रोड्रिगो डी पाउल र लौटारो मार्टिनेजले एक-एक गोल गरे ।

खेलको ३८ औं मिनेटमा लिओनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४४ औं मिनेटमा रोड्रिगो डी पाउलले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको ६२ औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए ।

जितसँगै अर्जेन्टिनाले १० खेलबाट २२ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित उरुग्वेको ११ खेलबाट १६ अंक छ र चौंथो स्थानमा छ ।