यूईएफए नेसन्स लिगको उपाधि फ्रान्सलाई

Oct 11th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, असोज २५

फ्रान्सले यूईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ ।आइतबार राति भएको फाइनल खेलमा स्पेनलाई २–१ ले पछि पार्दै फ्रान्सले यूईएफए नेसन्स लिगको उपाधि जितेको हो ।

फ्रान्सलाई जित दिलाउन करिम बेन्जेमा र केलियन एमबाप्पेले एक-एक गोल गरे ।स्पेनका मिकेल ओयर्जबलले एक गोल गरेका थिए ।

खेलमा पहिलो अग्रता स्पेनले लिएको थियो। दोस्रो हाफको ६४ औँ मिनेटमा स्पेनका मिकेल ओयर्जबलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ६६ औं मिनेटमा फ्रान्सका करिम बेन्जेमाले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको ८० औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई उपाधि जिताए ।