• गृहपृष्ठ
  • कोलम्बियासँग गोलरहित बराबरीमा रोकियो ब्राजिल

कोलम्बियासँग गोलरहित बराबरीमा रोकियो ब्राजिल

Oct 11th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, असोज २५

फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा लगातार नौ खेलसम्म अपराजित ब्राजिल कोलम्बियासँग बराबरीमा रोकिएको छ । सोमबार भएको खेलमा ब्राजिल र कोलम्बियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरीसँगै ब्राजिलको १० खेलबाट २८ अंक छ र शीर्ष स्थानमा छ। कोलम्बियाको ११ खेलबाट १५ अंक छ र पाँचौं स्थानमा छ।