• गृहपृष्ठ
  • प्रदेशसभा र संघीयता खारेज गरौ : सांसद माझी

प्रदेशसभा र संघीयता खारेज गरौ : सांसद माझी

Oct 11th, 2021

हेटौँडा ,असोज २४
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बागमती प्रदेशसभा सदस्य रिता माझीले संघीयता खारेज गरिनुपर्ने बताएकी छिन् ।

बागमती प्रदेशसभाको नवौ अधिवेशनमा बोल्दै सांसद माझीले नेपालमा संघीय प्रणाली असफल भैसकेको भन्दै उनले सकिन्छ भने तत्कालै प्रदेश सरकार खारेजी गर्नुपर्ने बताईन् ।

प्रदेश सरकारले जनतामा कुनै किसिमको राहात दिन नसकेको, प्रदेश सरकार र सांसदहरु पद र प्रतिष्ठाको लागि मात्र उभिने हो कि बोझको लागि उभिने हो भन्दैले दशैको विदामा समिक्षा गर्दै यो बोझलाई खारेज गर्नुपर्ने बताईन् ।

संघियतालाई खारेजि गर्दा नेपाली जनता खुसी हुने भन्दै यो महंगी र भ्रष्टचारलाई न्यूनिकरणको लागि यो ब्यवस्था खारेज गर्नुपर्ने बताईन् । जनताले तिरेको करबाट प्रदेशसभाका माननीयलाई तलब खुवाउने काम मात्र भएको भन्दै उनले यस्तो ब्यवस्था खारेज हुनुपर्नेमा जोड दिईन् ।

हिजो संवैधानीक राजतन्त्रलाई हटाएर अहिले धेरै राजाहरुको जन्म भएको भन्दै उनले नेपाललाई बलियो बनाउनको लागि संघियता खारेज हुनुपर्ने बताइन् ।लोेभ लालच देखाई गाउँगाउँमा धर्म परिवर्तनको आतङ्क रहेको भन्दै उनले यसतर्फ सचेत हुनुपर्ने बताईन् ।