मैत्रीपूर्ण खेलमा पोर्चुगलको सहज जित

Oct 10th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज २४

पोर्चुगलले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा पोर्चुगलले कतारलाई ३-० गोलले पराजित गरेको हो ।

पोर्चुगललाई जित दिलाउन क्रिस्टिनो रोनाल्डो, जोस फोंटे र एन्ड्रे सिल्भाले एक-एक गोल गरे ।

खेलको ३७ औँ मिनेटमा क्रिस्टिनो रोनाल्डोले गोल गर्दे पोर्चुगललाई अग्रता दिलाएका थिए।यससँगै रोनाल्डोले पोर्चुगलका लागि १ सय १२ औं गोल पुरा गरे।रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा आफ्नो कीर्तिमान बढाएका छन्।

दोस्रो हाफको ४८ औं मिनेटमा जोस फोंटेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा एन्ड्रे सिल्भाले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।