• गृहपृष्ठ
  • यो वर्षका तीन महिनामा जम्मा १६ अर्ब मात्रै ऋणपत्र बिस्तार, कर्जा बिस्तारमा मात्रै बैंकको ध्यान

यो वर्षका तीन महिनामा जम्मा १६ अर्ब मात्रै ऋणपत्र बिस्तार, कर्जा बिस्तारमा मात्रै बैंकको ध्यान

Oct 10th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज २४

बैक तथा वित्त संस्थामा लगानीयोग्य रकमको अभाव नहोस् भनेर बै.क तथा वित्त संस्थाले ऋणपत्र जारी गर्ने व्यवस्था गर्याे । तर, बैंक तथा वित्त संस्थाले स्रोत व्यवस्थापनका लागि ऋणपत्र जारी गर्ने बढाउन सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असारमा ९२ अर्ब रहेको यस्तो ऋणपत्र अहिलेसम्म बजारमा जम्मा १ सय ८ अर्ब पुगेको छ। यहि समयमा बैंक तथा वित्त संस्थाबाट प्रदान हुने कर्जामा भने भारी बृद्धि भएको छ ।

कर्जा बिस्तारमा ध्यान दिने बैंकहरुले स्रंोत व्यवस्थापनमा भने खासै ध्यान दिएका छैनन् । जसका कारण बजारमा तरलता अभाव देखिएको छ ।

गत बुधबार मात्र बैंकमा १७ अर्ब मात्रै तरलता थियो । बैंकहरुबिच लेनदेन हुने अन्तर बैंक कारोबार ब्याजदर पनि ४ दशमलव नौ मात्रै कायम भएको छ।

बजारमा तरलता अभाव भएपछि त्यसलाई सहज गर्न नेपाल राष्ट्र बैंकले ४ वर्ष अघि बैंकहरुलाई बिदेशी बैंक तथा वित्त संस्थाहरुबाट ऋण लिने सुविधा दिएको थियो । यो पनि अहिलेसम्म जम्मा ७ वटा बैंकले मात्रै यस्तो ऋण ल्याउन सकेका छन् ।

विदेशी बैंक तथा वित्त संस्थाले नेपालका बैंकहरुलाई पत्याउन सकेको देखिदैन । जसका कारण बिदेशी बैंक तथा वित्त संस्थाबाट ऋण आउन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म बैंक अफ काठमाडौ, माछापुच्छ«े, लक्ष्मी, ग्लोबल, सनराइज, एनएमबी र सानीमा बैकले मात्रै यस्तो बिदेशी ऋण ल्याउन सफल भएका छन् ।

यसबाहेक २० वटा बैंकले बिदेशबाट ऋण ल्याउन सकेका छैनन् । देशको क्रेडिट रेटिङ नभएका कारण पनि ंबिदेशबाट ऋण ल्याउन बैंकहरुलाई समेत कठिन भएको छ ।

यस्तो बिदेशबाट ल्याउने ऋण गत असारको तुलनामा २ अर्ब घटेको समेत देखिन्छ । किनभने गत असारमा यस्तो ऋण २५ अर्ब रहेको थियो । अहिले २३ अर्ब पुगेको नेपाल राष्ट्र बैंक बताउँछ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण ल्याउन पाउने व्यवस्था गरेको छ। यस्तो ऋण ल्याउन राष्ट्र बै.कले भने अनुमति दिनुपर्ने व्यवस्था छ ।

यसरी बैंकहरुले विदेशी ऋण ल्याउने सँगै अन्य स्रोत व्यवस्थापन गर्न नसक्दा बैंकहरुमा तरलता अभाव देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले विदेशी ऋणसँगै ऋणपत्र बिस्तार र निक्षेप संकलन ठूलो मात्रामा बढाउन नसक्दा बैंकहरुमा तरलता अभाव चुलिएको छ।

नेपाल राष्ट्र बैंकले बुधबार मात्रै २० अर्बको रिपो जारी गर्याे । तरलता अभाव चुलिएपछि राष्ट्र बैंकले असार यता मात्रै पटकपटक गरेर १ सय ३० अर्बको रिपो जारी गरिसकेको छ । तरपनि बैैंकहरुमा तरलता अभाव हुन छाडेको छैन । तरलता अभाव टार्नका लागि राष्ट्र बैकले बैंकहरुलाई बिदेशबाट ऋण ल्याउने मात्रै होइन आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋणपत्र जारी गर्न पनि दियो ।

ऋणपत्र पनि उल्लेख्य मात्रामा बढाउन सकेका छैनन् । तर महामारीपछि पुरानै अवस्थामा फर्कन खोजेको अर्थतन्त्रका कारण बजारमा ठूलो मात्रामा लगानीयोग्य रकम अर्थात बैकको ऋणको माग भएको छ। निक्षेप संकलन भनेअनुसार संकलन हुन सकेको छैन । जसलाई संकलन गर्न बैंकहरुबिच ब्याजदर बढाउने होडबाजी भएको छ ।