• गृहपृष्ठ
  • शनिवार थप ७६० जनामा कोरोना सङ्क्रमण, ८९९ जना डिस्चार्ज, ११ को मृत्यु

शनिवार थप ७६० जनामा कोरोना सङ्क्रमण, ८९९ जना डिस्चार्ज, ११ को मृत्यु

Oct 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, असोज २३

शनिवार थप ७६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार ३१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख एक हजार ६३३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ३१ जनाको परीक्षण भएको छ । हालसम्म ४२ लाख ७९ हजार ७०१ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ८९९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ७५ हजार ७२ पुगेको छ ।

थप ११ को मृत्यु

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २२१ दुई पुगेको छ।