• गृहपृष्ठ
  • इम्प्रेसन्स इन्टरटेनमेन्टद्वारा शिव परियारको पिउन सुरु गरेपछि गीतको म्युजिक भिडियो रिलिज (भिडियो सहित)

इम्प्रेसन्स इन्टरटेनमेन्टद्वारा शिव परियारको पिउन सुरु गरेपछि गीतको म्युजिक भिडियो रिलिज (भिडियो सहित)

Oct 9th, 2021

काठमाडौ, असोज २३

“पिउँदिन भन्दा भन्दै पिलायो साथीले “ को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रङ्खलाको फेरी अर्को गित “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोलको गीत इम्प्रेसन्स इन्टरटेनमेन्टले बजारमा ल्याएको छ ।

डेलिस ओपेरा बालुवाटारमा एक कार्यक्रमकाबिच काठमाडौँको प्रहरी प्रमुख अशोक सिंहको प्रमुख आतिथ्यमा उक्त गीतको म्युजिक भिडियो मिडिया हबको च्यानलमार्फत रिलिज भएको छ । आफ्नो व्यस्तताकाबिच उपस्थित हुनुभएका काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले कार्यक्रममा सहभागी भएकोमा खुसी व्यक्त गर्दै गायक शिव परियार, निर्माता राजु ढुंगेल लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमको दौरान गायक शिव परियारले पनि गित बनाउँदाको रमाइलो पल सम्झिनुका साथै पुष्प खड्कासंग फेरी काम गर्दाको खुसी व्यक्त गर्नुभएको थियो । साथै, शंकर अधिकारीले गितको प्रसंसा गर्दै नायक, नायिका अनि सम्पूर्ण टिमको प्रसंसा गरेका थिए र नायक पुष्प खड्काले रबिन स्वप्निल गिरीको स्मरण गर्दै सम्पूर्ण टिम अनि नेपालीमा दशैंको शुभकामना व्यक्त गर्नुभएको थियो । मनोरञ्जन उद्योगका सिद्धहस्त नृत्य निर्देशकक विराजग हतराज र छायाँकार हरि हुमागाईको संलग्नतामा अत्यन्त भब्यताका साथ क्लब प्ल्याटिनममा यस गितको छायाङ्कन सम्पन्न भएको थियो । रबिन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स, अन्जली लुइंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहेको छ ।

मिडियाहब प्रा. लि.बाट पहिलो म्युजिक भिडियोकोरूपमा घटस्थापनाका दिन, रिलिज गरिएको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ ।