• गृहपृष्ठ
  • लिनियर फ्लक्स हाइपर सोनिक हेडफोन, एनर्जाइजर पावर बैंक तथा क्रेनका ह्युमिडि फायर/एयर प्युरिफायरको माग बढ्दो, यस्ता छन् विशेषताहरु

लिनियर फ्लक्स हाइपर सोनिक हेडफोन, एनर्जाइजर पावर बैंक तथा क्रेनका ह्युमिडि फायर/एयर प्युरिफायरको माग बढ्दो, यस्ता छन् विशेषताहरु

Oct 9th, 2021

काठमाडौ, असोज २३

आईएमएस ग्रुपले नेपाली बजारमा ल्याएको लिनियरफ्लक्स हाइपरसोनिक वायरलेस हेडफोन, एनर्जाइजर पावरबैंक तथा क्रेन ह्युमिडिफायर/एयर प्युरिफायरको माग बढ्दोक्रममा रहेको छ । ग्राहकहरुको बढ्दो रुची र मागका कारण कम्पनीले स्मार्ट डोको तथा अन्य अनलाइन प्लेटफर्ममा यी सामग्रीहरु बिक्रीका लागि उपलब्ध गराएको छ । यसका साथै दशैं अफरका रुपमा स्मार्टडोको लगायत अन्य ई–कमर्श साइट तथा आईएमएस लिटल स्माइल्स शोरुमहरु दरवार मार्ग र सिटी सेन्टरमा यी सामानहरु १५ देखि २५ प्रतिशत फ्ल्याट डिस्काउन्टमा खरिद गर्न सकिनेछ ।

यी उत्पादनहरु अनलाइनका साथसाथै अफलाइन बजारमा समेत उपलब्ध छ ।आईएमएस ग्रुपले यी तीन ओटै अमेरिकी ब्रान्डको नेपालका लागि आधिकारिक वितरकको जिम्मेवारी पाएको हो ।

लिनियरफ्लक्स हाइपर सोनिक हेडफोन

लिनियरफ्लक्स बिट्स (बाइ डा. ड्रे) तथा मोन्सटर प्रडक्ट्सका इन्जिनियरहरुद्वारा स्थापना गरिएको ट्रु वायरलेस, हाइपर डेफिनिशन तथा उत्कृष्ट अडियोको अनुभव प्रदान गर्ने अमेरिकी हेडफोन निर्माता ब्रान्ड हो । यसको उत्पादन लिनियर फ्लक्स हाइपरसोनिक एक्टिभ लाइफस्टाइलका लागि तयार पारिएको हो। सन् २०१४ मा पहिलोपटक सार्वजनिक हुनुअघि यो डिभाइस २ वर्षसम्म अनुसन्धान र विकासको चरणमा रहेको थियो ।

लेडि गागा, डा ड्रे, पफ ड्याडी, ब्ल्याक आइड पीज, फार इस्ट मुभमेन्ट, जे चोउ तथा वन्डर गर्ल्स जस्ता थुप्रै संगीत जगतका हस्तीहरुले प्रयोग तथा परीक्षण गरिसकेका छन् । यसमा संगीतको स्पष्टता तथा सुधारिएको बेसका लागि डीएल ०१ इमर्सिभ साउन्ड सिस्टम समावेश गरिएको छ । पानी नछिर्ने (वाटर रेजिस्टेन्ट) फिचर रहेको यो डिभाइसलाई वायरलेस रुपमा चार्ज गर्न सकिन्छ । दुई रंगको नरम इयर(टिप्सयुक्त यो इयरफोनले न्वाइज क्यान्सिल गरी बेस तथा अन्या डाइनामिकहरुको अनुभव स्पष्ट रुपमा गर्न मद्दत पुर्याउँछ । नेपालमा यो डिभाइस स्मार्टडोको दराज तथा आईएमएसका लिटल स्माइल्स शोरुमहरुमा डिस्काउन्ट पश्चात ९,९९०/– रुपैयाँमा उपलब्ध छ ।

एनर्जाइजर पावर बैंक र कार चार्जर

अमेरिकी ब्रान्ड एनर्जाइजर विश्वकै ठूलो प्राइमरी ब्याट्री, ब्याट्रीबाट चल्ने पोर्टेबल डिभाइस तथा पोर्टेबल फ्ल्याशलाइट लगायतका उत्पादक कम्पनी हो । यो पावर सोलुशन प्रदायकका रुपमा पनि विश्वमा चर्चित छ ।

एनर्जाइजरले रिचार्ज गर्न मिल्ने पोर्टेबल डिभाइसका लागि निर्माण गरेको पावरबैंक नेपालमा आईएमएस ग्रुपले आधिकारिक रुपमा उपलब्ध गराएको हो । स्मार्टफोन तथा अन्य डिभाइसमा भरपर्दो पावर प्रदान गर्ने फिचरयुक्त पावरबैंक पनि स्मार्टडोको, दराज अनि अरु अनलाइन तथा आईएमएस लिटल स्माइल्स शोरुमबाट २५ प्रतिशत छुटमा किन्न पाइने व्यवस्था गरिएको छ ।

क्रेन ह्युमिडिफायर

अमेरिकाकै प्रख्यात ह्युमिडिफायर ब्रान्ड क्रेनले ह्युमिडि फायरका साथमा एयर प्युरिफायर, टावर फ्यान, हिटर तथा सुगन्ध फैलाउने अरोम डिफ्युजर लगायतका उत्पादनहरु निर्माण गर्दछ ।

यो ब्रान्डका उत्पादनले अलग अलग समय र स्थानहरुमा जेपीएमए इनोभेशन अवार्ड, ट्राभल ह्युमिडिफायर अवार्ड, एनसीडब्लू इको एक्सलेन्स अवार्ड लगायतका थुप्रै अवार्डहरु जितिसकेको छ । खोकी, सुक्खा हावा, डम, नवजात शिशुहरु, सांगीतिक प्रस्तुति, घरपालुवा जनावर तथा घुर्ने समस्या साथै कोठामा भएको व्याक्टेरिया भाइरसलाई ९९.९ प्रतिशत लले मारेर कोठाको हावालाई स्वास प्रश्वास योग्य बनाउँछ । क्रेन ब्रान्डका यी सामग्रीहरु पनि स्मार्टडोको, दराज, अन्य अनलाइन तथा आईएमएसका लिटल स्माइल्स शोरुमहरुमा १५ प्रतिशतको छुटमा खरिद गर्न सकिनेछ ।