• गृहपृष्ठ
  • स्वराजले ल्यायो ९६३ एफई मोडेलको फोर ह्विल ट्रयाक्टर

स्वराजले ल्यायो ९६३ एफई मोडेलको फोर ह्विल ट्रयाक्टर

Oct 9th, 2021

काठमाडौ, असोज २३

नेपाली बजारमा स्वराज कम्पनीको ९६३ एफई मोडेलको फोर ह्विल ट्रयाक्टर भित्रिएको छ । चाडवाडको अवसरमा आकर्षक उपहार योजनासहित स्वराजले सो मोडेल लन्च गरेको हो ।

स्वराज ट्रयाक्टरको आधिकारिक बितरक ओम्नी अटो मोबाइलले गण्डकी प्रदेशको पोखरामा शुक्रबार आयोजना गरेको एक समारोहबीच सो ट्रयाक्टर लन्च गरेको हो । स्वराजका नेपाल प्रमुख मनोज दल्भी, ओम्नी अटोमोबाइलका प्रबन्ध निर्देशक सन्दीप मोहता र ट्रयाक्टर एसोसिएसन, पोखराका अध्यक्ष प्रेमबहादुर थापाले ट्रयाक्टर लन्चको औपचारिक शुरुआत गरेका थिए ।

स्वराजले यसअघि पनि नेपालमा विभिन्न मोडेलका ट्रयाक्टर बिक्री गर्दै आएको थियो । कम्पनीले फोर ह्विल ट्रयाक्टर पहिलो पटक भित्र्याएको ओम्नी अटो मोबाइलका प्रबन्ध निर्देशक मोहताले बताए । नेपालको पहाडी भूभागमा यो मोडेलको ट्रयाक्टर उपयोगी हुने मोहताको दाबी छ ।
१०० जनाभन्दा बढी ग्राहकको सहभागिता रहेको कार्यक्रमकै अवसरमा ५ जनाले ट्रयाक्टर खरीद गरेका छन् । उनीहरूलाई सोही समारोहमा ट्रयाक्टरको साँचो हस्तान्तरण गरिएको थियो । कम्पनीले चाडपर्वको अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक योजनाहरू ल्याएको बताएको छ । ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३२ इन्चको रंगिन टेलिभिजन, फ्रिजलगायतका उपहार योजना पनि राखिएको कम्पनीले बताएको छ । कम्पनीका सबै प्रकारका मोडेलमा ६ वर्षसम्मको वारेन्टी दिइएको र यो अन्य कम्पनीहरुको भन्दा बढी भएको बताइएको छ ।

सबै प्रकारका पाजपूर्जाको उपलब्धता रहने पनि कम्पनीले जानकारी दियो । कार्यक्रममा सेल्स मेनेजर हरजित सिंहले कम्पनीको नेटवर्क र प्रदान गर्ने सेवाका बारेमा जानकारी गराएका थिए । स्वराजका बिक्री प्रबन्धक अभयकान्त मिश्रले ६५ हर्सपावर रेन्जमा यो मोडेलको विशेषता, उपयोगिता र प्रयोगका फाईदाका बारेमा ग्राहकलाई जानकारी दिए । अन्य ट्रयाक्टरको तुलनामा यो ट्रयाक्टरको तान्ने क्षमता १५ प्रतिशत बढी भएको पनि मिश्रले बताए । इन्धन कम खपत गर्ने यो ट्रयाक्टर जोताई र लोडर तथा डोजर बनाएर व्यावसायिक प्रयोजनका लागि पनि उपयोगी हुने उनले बताए ।