• गृहपृष्ठ
  • भारतले बिजुली बेच्नका लागि अनुमति नदिदा दैनिक डेढ करोडको बिजुली खेर

भारतले बिजुली बेच्नका लागि अनुमति नदिदा दैनिक डेढ करोडको बिजुली खेर

Oct 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज २१

राजनीतिक नेर्तत्व र कर्मचारीले समयमै भारतसँग बिजुली बेच्नका लागि पहल गर्न नसक्दा विद्युत प्राधिकरणले एकै दिनमा १ करोड ५० लाख रुपैयाँ बराबरको बिजुली खेर फाल्नुपरेको छ।

भारत सरकारसँग बिजुली बेच्नका नेपाल विद्युत प्राधिकरणले अनुमति मागेको ६ महिना बित्यो । तर, भारतले अहिले सम्म नेपालाई खरिदका लागि अनुमति दिएपनि बेच्नका लागि भने अनुमति दिएको छैन । े तयार गरेको उर्जा क्षेत्रको

नेपालमा ग्राहकले औसतमा प्रतियुनिट १० रुपैयाँमा बिजुली बाल्न पाउँछन। जबकी यहि बिजुलीको मूल्य भारतमा प्रतियुनिट २० रुपैयाँ सम्म पुगेको छ। कर्मचारी तथा राजनीतिक नेर्तत्वको सुस्तताका कारण छिमेकी मुलुकमा अभावका कारण बढेको मूल्यमा बिजुली बेचेर पैसा कमाउने अवसर गुमाएको छ।

बिद्युत प्राधिकरणका अनुसार भदौ यता औसतमा दैनिक १५ सय मेगावाट आवर बिजुली खेर गइरहेको छ । अर्थात गत ४५ दिनमा मात्रै प्राधिकरणले ६७ करोड रुपैयाँ बराबरको बिजुली बेच्न नपाएर खेर पाल्नुपर्याे ।

असोज कात्तिक महिनामा खोलामा सफा पानी बहने भएकाले बिद्युत उच्च मात्रामा उत्पादन गर्न सक्ने समय हो । यहि समयमा फेरी चाडपर्व पर्ने भएकाले उद्योगबाट बिजुलीको माग ह्वात्तै कम कम हुन्छ । यतिमात्रै होइन अझ यो समयमा न पंखा चलाउनु पर्छे नत हिटर जसका कारण घरायसी ग्राहकबाट हुने मागमा पनि भारी गिरावट आउँछ । जसका कारण प्राधिकरणले भोग्नुपर्ने क्षती अबका दिनमा झनै बढेर जाने देखिन्छ ।

बिद्युत प्राधिकरणले गत चैतमा भारतको उर्जा मन्त्रालयमा बिजुली बेच्नका लागि अनुमति मागेको थियो । अनुमति मागेको ६ महिना बित्दासम्म भारतले यसमा स्वीकृति दिने कुनै आधार तय हुन सकेको छैन ।

गत फागुनमा भारत सरकारले अन्तरदेशीय विद्युत ब्यापार सम्बन्धी कार्यविधि बनाउँदै चिन लगायत अन्य मुलुकको लगानीमा बनेका आयोजनाको बिद्युत खरिद नगर्ने बताएको छ । जसका कारण प्राधिकरणले पहिलो चरणमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत भारतमा बेच्नेगरि प्रस्ताव गरेको हो ।

तर, आजका दिनसम्म भारत यसमा समेत सकारात्मक हुन सकेको छैन । सरकारले समयमै बिजुली बेच्नका लागि पहल गर्न नसक्दा जनताको लगानीमा बनेका आयोजनाको बिद्युत खेर जाने स्थिती आएको छ ।

कोइला अभावका कारण छिमेकी मुलुक भारत र चिन दुबै उर्जा संकटको अवस्थामा रहेका छन् । तर, नेपालमा भने खपत गर्न नसकेर बिजुली खेर फाल्नुपर्ने स्थिती आएको हो ।