• गृहपृष्ठ
  • नग्मा र कमल फिचर्ड ‘काफल टिप्न जाउँ’ सार्वजनिक(भिडियो सहित)

नग्मा र कमल फिचर्ड ‘काफल टिप्न जाउँ’ सार्वजनिक(भिडियो सहित)

Oct 6th, 2021

काठमाडौ, असोज २०

मोडल कमल सिंह र नग्मा श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ‘काफल टिप्न जाउँ’ बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।यस गीतमा अमेरिकाको पेन्सिलभेनिया निवासी भक्त घलेको स्वर, शब्द र संगीत रहेको छ । गाउँघरका साथीभाईहरु संगको खेतबारी काम गर्दाको र वनपाखामा गाइगोरु चराउदाको रमाइलो यादहरुलाई व्यक्त गरिएको छ। अर्ग्यानिक टेस्टको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्शव दाहाल छायांकन गरेका हुन् । शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो । गायक घलेको आधिर्कारिक च्यानल भक्त घले मार्फत भिडियो सार्वजनिक गरिएको हो । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेकाछन् ।