• गृहपृष्ठ
  • एकै दिन ६८ अंकले बढ्यो नेप्से, सबै सुचक हरियो

एकै दिन ६८ अंकले बढ्यो नेप्से, सबै सुचक हरियो

Oct 6th, 2021

काठमाडौ, असोज २०

नेप्से उच्च अंकले बढेको छ । आज बुुधबार पनि ६८ दसमलव ४७ अंकले बढेर २६ सय ८१ दसमलव १० अंकमा पुग्दा सेन्सिटिभ पनि १२ दसमलव ७२ अंकले बढेर पाँच सय चार दसमलव ७३ अंकमा चढेको छ । आज दुई सय २७ वटा कम्पनीहरुको ५५ हजार तीन सय ८५ पटकको कारोवारमा ८१ लाख ८९ हजार आठ सय ९० कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम चार अर्ब ५० करोड छ लाख ५८ हजार एक सय ४२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक बढेर नेप्सेमा हरियाली छाएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २३ दसमलव २३ अंकले बढेर १८ सय ७८ दसमलव ५५ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि ९२ दसमलव ५८ अंकले बढेर २७ सय ९५ दसमलव तीन अंकमा पुुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा किसान लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा रैराङ हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने सिटिजन्स बैंक इन्टरनेशन लिमिटेड परेको छ ।