• गृहपृष्ठ
  • ठगीको आरोपमा पक्राउ परे सिभिल होम्सका तामाङ सहित १२ जना ,को को छन पक्राउ पर्नेहरुमा ? यस्तो छ नामावली

ठगीको आरोपमा पक्राउ परे सिभिल होम्सका तामाङ सहित १२ जना ,को को छन पक्राउ पर्नेहरुमा ? यस्तो छ नामावली

Oct 5th, 2021

काठमाडौ, असोज १९

केन्द्रिय अनुुन्धान व्युरो (सिआईबी) ले संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल होम्समा इच्छाराज तामाङ सहित १२ जना अभियुक्तहरुको नामावली आज मंगलबार सावजिनक गरेको छ । पक्राउ पर्नेहरुमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ, भगवान बहादुर सिंह, मायोनानी महर्जन, एलिना तुलाधर, शंकर प्रसाद पाठक, संगित श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, विजय विक्रम शाह र हरिहर लामिछाने रहेको सिआईबीले जानकारी दिएको छ ।

सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका निक्षेपकर्ता सदस्यहरुले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधी पुगीसकेपछी खाताबाट रकम झिक्नको लागि पटक–पटक ताकेता गर्दा पनि फिर्ता नपाएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समय देखि पटक पटक ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरेको तथा उक्त को–अपरेटिभ लिमिटेडमा रहेका सर्वसाधारणको बचतको ठुलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्राबधान विपरित एकै ब्यक्ति संस्थापक रहेको बिभिन्न परियोजनाहरुमा लगानी गरेको र उक्त लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकी उक्त को–अपरेटिभ लि. जोखिममा रही सहकारी संस्थाबाट कर्जा लगानी भई सम्पन्न गरिएका बिभिन्न परियोजनाहरुबाट निर्माण गरिएका संरचनाहरु बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा समेत लगि सम्पत्ति शुद्दिकरणको कसुर गरेको हुनसक्ने हुँदा सहकारी ऐन २०७४ को दफा (१२२) बमोजिमको कसूर गरेको देखिन आएकोले वचतकर्ताहरुको निक्षेप समेत जोखिममा परेको तथा आफ्नो जिवनभरको सानो–सानो बचतबाट संकलित पुँजी दैनिक उपभोग्य तथा स्वास्थ्य उपचार लगायतका अत्यावश्यक काममा प्रयोग गर्नबाट वञ्चित हुनुपरेको कारण बिभिन्न १३७ जना पिडित वचतकर्ताहरुले उक्त को–अपरेटिभको बचत तथा मुद्दती खातामा रहेको कुल ७० करोड ८७ लाख १३ हजार आठ सय २१ रुपैया ३२ पैसा रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा संलग्न व्यक्तिहरु पक्राउ गरि आवश्यक कानूनी कारवाही प्रकृया सुरु गरेको सिआईबीले जनाएको छ । सिआईबीले अन्य निक्षेपकर्ता तथा सर्वसाधरणहरुले उक्त को–अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानून बमोजिम आवश्यक थप कारवाहीको लागि समेत यस ब्यूरोमा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।
यि हुुन पक्राउ पर्ने व्यक्तिहरु
पक्राउ भएका व्यक्तिहरुको विवरण :
१) नाम थरः– इच्छाराज तामाङ
वतन : जिल्ला काठमाण्डौं, किर्तिपुर ट्याङलाफाँट
वर्षः– ५७
पदः– सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पुर्व अध्यक्ष, पूर्व सभासद एवं सिभिल बैंकको अध्यक्ष
२) नाम थरः– केशवलाल श्रेष्ठ
वतन : का.जि. का.म.न.पा.१६
वर्षः– ६२
पदः– संचालक समितिको अध्यक्ष
३) नाम थरः– भगवान बहादुर सिंह
वतन:का.जि.का.म.न.पा.१२
वर्षः६२
पदः सहजकर्ता प्रबन्धक
४) नाम थरः मायोनानी महर्जन
वतन : का.जि.किर्तिपुर न.पा. वडा नं. ९
वर्षः ५०
पदः– जुनियर असिसटेन्ट मेनेजर
५) नाम थरः एलिना तुलाधर
वतन : जि. भक्तपुर, भक्तपुर न.पा. वडा नं. ११
वर्षः ४४
पदः जुनियर असिसटेन्ट मेनेजर
६) नाम थरः शंकर प्रसाद पाठक
वतन : जि. झापा साबिक अर्जुनधारा गा.वि.स. वडा नं. ९
वर्षः ४५
पदः जुनियर अधिकृत
७) नाम थरः संगित श्रेष्ठ
वतन : जि. काभ्रे साबिक गोकुले गा.बि.स. वडा नं. ५
वर्षः२५
पदः असिसटेन्ट

८) नाम थरः राकेश महर्जन
वतन : जि. काठमाण्डौं किर्तिपुर नगरपालिका वडा नं. ९
वर्षः ३३
पदः लेखा अधिकृत
९) नाम थरः बुद्धराज तामाङ
वतन :जि.सिन्धुली दुधौली न.पा. वडा नं. ७ हाल जि. काठमाण्डौं
बुढानिलकण्ठ न.पा ६
वर्षः ४०
पदः जुनियर साहयक प्रबन्धक
१०) नाम थरः कौस्तुभ केतन ढुंगाना
वतन : जि. काठमाण्डौं बुढानिलकण्ठ न.पा –६
वर्षः ३७
पदः जुनियर सहायक प्रबन्धक
११) नाम थरः विजय विक्रम शाह
वतन : जि. नुवाकोट विदुर नगरपालिका वडा नं. २
वर्षः ४३
पदः सिभिल होम्सका वरिष्ठ प्रबन्धक
१२) नाम थरः हरिहर लामिछाने
वतन : जि. मकवानपुर चित्तलाङ वडा नं. ८ घर भई हाल का.म.न.पा. १४, कलंकी
वर्षः ४६
पदः पूर्व लेखा समिति सदस्य