• गृहपृष्ठ
  • ४१ अंकले बढ्यो नेप्से ,ट्रेडिङ बाहेक सबै समुहको सुचक हरियो

४१ अंकले बढ्यो नेप्से ,ट्रेडिङ बाहेक सबै समुहको सुचक हरियो

Oct 5th, 2021

काठमाडौ, असोज १९

नेप्से उच्च अंकले बढेको छ । आज मंगलबार नेप्से ४१ दसमलव ८४ अंकले बढेर २६ सय १२ दसमलव ६५ अंकमा पुग्दा सेन्सिटिभ सात दसमलव चार अंकले बढेर चार सय ९२ दसमलव दुुई अंकमा चढेको छ । दुई सय २३ वटा कम्पनीहरुको ४१ हजार ५१ पटकको कारोवारमा ५८ लाख ४२ हजार एक सय ३५ कित्ता सेयर किनबेच भएकोमा कुुल कारोवार दुई अर्ब ९९ करोड ६८ लाख १९ हजार छ सय ८३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको भएकोमा टे«डिङ समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १८ दसमलव ७४ अंकले बढेर १८ सय ५५ दसमलव ३२ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि ६० दसमलव ४४ अंकले बढेर दुुई हजार सात सय दुई दसमलव ३८ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मल्टीपर्पोस फिनान्स परेको छ भने बढी गुुमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा शिखर इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ ।