• गृहपृष्ठ
  • आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा

आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा

Oct 5th, 2021

काठमाडौ, असोज १९

आइएमई पे मिस र युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ । जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पे मुुनु २१ को लागि डिजिटल भुक्तानी साझेदार बनेको छ ।

मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल मुनले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ । यस बर्षको छोटो तर प्रभावकारी कार्यक्रमको फाइनल अक्टुबर ३० मा सम्पन्न हुँदैछ भने अक्टुबर १० मा क्वार्टर फाइनल पूरा हुने प्रबन्ध रहेकाले यस बेला शीर्ष ५० प्रतियोगीहरु ताजको लागि प्रतिस्पर्धा गरिरहेकाछन् ।

आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को डिजिटल भुक्तानी साझेदार रहने छ । जस अन्तरगत मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ्ग गतिविधिहरु आइएमई पेको डिजिटल वालेट एप मार्फत हुनेछ । सो एप एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएस उपकरणहरुका लागि एप स्टोरमा उपलब्ध छ । प्रतियोगिताको अनुभव दर्शक र फ्यानहरुको लागि उत्तिकै महत्वपूर्ण छ जति प्रतियोगिहरुका लागि । तसर्थ यस साझेदारीले प्रतियोगिताको समावेशीकरणको साझा दृष्टिकोणलाई अझ बुलंद पार्नेछ भन्ने हाम्रो विश्वास छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय र व्यापक रूपमा प्रयोग गरीएको डिजिटल भुक्तानी पोर्टल आइएमई पे अब फ्यानहरुले आफ्नो मनपर्ने प्रतियोगिलाई अगाडी बढाउन मद्दत गर्ने साधन बनेर आएको छ । अघिल्लो बर्ष जस्तै, क्वार्टर फाइनलका लागी जजिंग स्कोर र भोटिङ्ग मिलाएर औसत अंक निर्धारण गरिनेछ । तथापि, प्रतियोगिता अगाडि बढेसंगै मोडालिटी पनि परिवर्तन हुँदै जानेछ ।
डिजिटल भुक्तानी साझेदार, आइएमई पे अन्तर्गत संचालन हुने मुनु २१ भोटिङ्ग को पूर्ण विवरण यस्तो रहेको छ ।

● टप ५०, क्वार्टरफाइनल

○ सबै प्रतियोगीहरुको टास्क १ (स्विमसूट राउन्ड) र टास्क २ (जजसँग अन्तरवार्ता) का आधारमा समिक्षा गरिनेछ ।
○ जजबाट प्राप्त अंकको भार ५० प्रतिसत रहनेछ, जसलाई आईएमई पे मा प्राप्त कुल मतसँग मिलाएर औसत अंकको निर्धारण हुनेछ ।

● सेमिफाइनल र फाइनल
○ सेमिफाइनलिस्टको घोषणा पछि फाइनलका लागि भोटिङ्ग सुरु हुनेछ ।
○ भोटिङ्ग ग्रान्ड फाइनल सम्म जारी रहनेछ । आइएमई पे मा सबैभन्दा धेरै मत प्राप्त गर्ने सेमिफाइनलिस्टका लागि मिस युनिभर्स नेपाल २०२१ को शीर्ष १० मध्ये एक स्थान जनताको छनौटको रूपमा सुरक्षित रहनेछ ।
○ प्रेस प्रसतुति पश्चात, २१ अक्टुबरमा, ‘ सोसल इम्प्याक्ट लिडर ’ को लागि भोटिङ्गको घोषणा गरिनेछ जुन पछिल्लो वर्ष ब्रेभ बोल्ड एण्ड ब्युटिफुल सोसल एड्भोकेसीको रूपमा सुपरिचित थियो । आइएमई पे मा आफ्नो सामाजिक अभियानको लागी सबैभन्दा धेरै मत प्राप्त गर्ने सेमीफाइनलिस्टका लागि मिस युनिभर्स नेपाल २०२१ को शीर्ष १० मध्ये एक स्थान प्रभावकारी सामाजिक अगुवाको रूपमा सुरक्षित रहनेछ ।
आइएमई पे मा युनिभर्स नेपाल २०२१को भोटिङ्ग खुल्ने प्रतीक्षा गर्नुहोस् र आफ्नो मनपर्ने प्रतियोगीलाई प्रतियोगितामा अगाडि बढ्न मद्दत गर्नुहोस्, पहिलो भोट निः शुल्क हुनेछ ।

मिस युनिभर्स नेपाल २०२० अंशिका शर्माले, अक्टोबर ३०मा मिस युनिभर्स नेपाल २०२१को बिजेतालाई ताज पहिराउनेछिन् । कार्यक्रमको टिकटका बारेमा थाहा पाउन हाम्रा विभिन्न सामाजिक संजालमा हामीसँग जोडिनुहोस् ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा:
झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो ।