• गृहपृष्ठ
  • छ दसमलव ६८ अंकले घट्यो नेप्से,चार वटा समुहले कमाउँदा नौ वटा समुहले गुमाए

छ दसमलव ६८ अंकले घट्यो नेप्से,चार वटा समुहले कमाउँदा नौ वटा समुहले गुमाए

Oct 4th, 2021

काठमाडौ, असोज १८

नेप्से घटेको छ । आज सोमबार नेप्से छ दसमलव ६८ अंकले घटेर २५ सय ७० दसमलव ८१ अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव २८ अंकले घटेर चार सय ८४ दसमलव ९८ अंकमा झरेको छ । दुुई सय २७ वटा कम्पनीहरुको ४८ हजार दुई सय ३६ पटकको कारोवारमा ७६ लाख ५३ हजार दुई सय २० कित्ता सेयर किनबेच हुंदा आज कुुल कारोवार रकम तीन अर्ब ६२ करोड ७७ लाख ९९ हजार नौ सय ३५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा चार वटा समुहको सुचक बढेर नौ वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ८८ अंकले घटेर १८ सय ३६ दसमलव ५७ अंकमा झरेकोमा बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि घटेकाछन । लघुुबित्त, जीवन बीमाm होटल तथा पर्यटन र अन्य समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्वनीहरुको सुचीमा आशा लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा परेको मनकामना स्मार्ट लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी रक कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने युनाईटेड मोदी हाईड्रो पावर कम्पनी परेको छ ।